राजधानीका सबै सरकारी अस्पताल कोभिड अस्पताल

राजधानीका सबै सरकारी अस्पताल कोभिड अस्पताल

काठमाडौं । सरकारले राजधानीका सबै सरकारी अस्पताललाई कोभिड उपचार अस्पताल बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो।

कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमितलाई व्यवस्थापन गर्न राजधानीका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार जानकारी दिए।

उनका अनुसार साथै थप दुई हजार हाइ डिपेन्डेन्सी युनिट बेड थप्ने तयारी गरिएको छ। यसका लागि अर्थ मन्त्रालयसँग सहमति भइसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार