आजबाट टेलिकमको फोरजीमा एचडी भ्वाइससँगै भिडियो कल सेवा

आजबाट टेलिकमको फोरजीमा एचडी भ्वाइससँगै भिडियो कल सेवा

काठमाडौं‌ । आज बाट नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु गर्ने भएको छ। कम्पनीले विश्व दूरसञ्चार तथा इन्फरमेसन सोसाइटी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक यस्तो सेवा ल्याउन लागेको हो।

ग्राहकको माग अनुसार आफ्ना सेवामा आधुनिकीकरण गर्ने क्रममा कम्पनीले वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत भोल्टे सेवा सञ्चालनमा ल्याउन लागेको जनाएको छ। यो सेवा कम्पनीका प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा परीक्षणको रुपमा ल्याउन लागिएको हो।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस, डायल गर्ना साथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका हुने कम्पनीको भनाइ छ। नयाँ सेवाले थप गुणस्तरीयता महसुस गर्न सकिने कम्पनीले जनाएको छ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीसँग भीओएलटीई सपोर्ट गर्ने मोबाइल सेट हुनु जरुरी छ। प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशन अनुसार यो सेवा एक्टिभ गराउन सक्नेछन्।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गएर भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्ने हुन्छ। त्यसलगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ।

त्यसपछि*111#  डायल गर्नुपर्ने हुन्छ। यदि तपाईंको मोबाइलबाट यो अङ्क डायल हुन्छ भने सोच्नुहोस्, तपाईंको मोबाइलमा टेलिकमको यो नयाँ सेवा चलाउन सकिन्छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार