कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीको शपथ आज

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीको शपथ आज

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीहरुले आज सोमबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। कर्णालीमा आइतबार दुई मन्त्री थपिएको थियो ।

मुख्यमन्त्री शाहीले आइतबार नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शाहीले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम मन्त्री नियुक्त गरेका हुन् । सामाजिक विकास र उर्जा तथा जलस्रोत मन्त्रालय नेपाली कांग्रेसलाई दिइने गरी मुख्यमन्त्री शाहीले आफुसँग राखेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार