रुकुममा कोरोना बिरुद्ध भएका प्रयासबारे पत्रकार र स्थानीय तह बिच अन्तरक्रिया सम्पन्न

रुकुममा कोरोना बिरुद्ध भएका प्रयासबारे पत्रकार र स्थानीय तह बिच अन्तरक्रिया सम्पन्न

मुसिकोट । कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा रुकुम पश्चिमका स्थानीय तहहरुले खेलेको भुमिका र चुनौती बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ रुकुमको आयोजनामा मंगलबार जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पत्रकारहरु बिच भर्चूअल माध्यामबाट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको महासंघका अध्यक्ष लक्ष्मण केसीले बताउँनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्मा, आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तिले स्थानीय सरकारको तर्फबाट कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारको लागि भए गरेका कार्यक्रमहरुको जानकारी गराउँनुभएको थियो ।

त्यसैगरी मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पुन, बाँफिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ज्ञानबहादुर खड्का र सानीभेरी गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले स्थानीय स्तरमा भएका प्रयास र समस्याहरु बारे पत्रकारहरुलाई जानकारी गराउँनु भएको थियो ।

कार्यक्रममा सकारात्मक गतिबिधिहरुको जानकारी एक अर्का पालिकाहरु बिच आदानप्रदान भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार