मुसिकोट । कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुर्याउने हेतुले रुकुम पश्चिममा वृहत अभियान शुरु गरिएको छ । रुकुम घर भएर हाल विभिन्न सरकारी सेवामा सेवारत कर्मचारी, विदेशमा रहेका रुकुमेली, व्यवसायी लगायतले वृहत सहायता अभियान सुरु गरेका हुन् ।
जिल्लामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सघाउन आर्थिक संकलन शुरु गरिएको छ । यो अभियान जेठ ३ गतेदेखि शुरु गरिएको यो अभियानमा अहिलेसम्म ७ सय ५० भन्दा वढी महानुभावहरू देश विदेशवाट जोडिएका छन् । बुधबार सम्म १ सय १९ जनाले ७ लाख ८४ हजार २ सय ५३ रुपैयाँ कोषमा सहयोग गरिसकेका छन् ।
सरकारी र राजनीतिक तवरबाट कोरोना संक्रमण न्यूनीकरणका काम भइरहेको भए पनि जनस्तरबाट पनि अभियान चलाउनुपर्ने दायित्वबोध गरेर अभियान थालिएको अभियान्ता अर्जुन भण्डारीले बताउनुभयो । केहि दिनमा जिल्ला अस्पतालमा कोभिड १९ संक्रमित विरामीको उपचारका लागि स्वास्थ्य सामग्री व्यवस्थापन गरी हस्तान्तरण हुने भण्डारीले जानकारी दिनुभयो ।
यस्तै उक्त अभियानले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा स्वयसेवक समेत परिचालन गर्ने तयारी पनि गरको छ । अभियानमा आर्थिक सहयोग गर्न रुकुम पश्चिम मुसीकोटमा रहेको ग्लोबल आइएमई बैकमा रहेको सहायता फाउन्डेशन नेपालको खाता नम्बर ५३०१०१००००१७४ मा जम्मा गर्न सकिने ब्यवस्था गरिएको छ ।
बुधबार बेलुका सम्म उक्त खाता मार्फत सहयोग जम्मा गर्नु हुनेको विवरण :-


