दाउन्ने दुर्घटनाको छानबिनको माग सहित रुकुमका ६ राजनैतिक पार्टीद्धारा शोक वक्तव्य जारी

दाउन्ने दुर्घटनाको छानबिनको माग सहित रुकुमका ६ राजनैतिक पार्टीद्धारा शोक वक्तव्य जारी

मुसिकोट । बुधबार बिहान काठमाडौंबाट रुकुम पश्चिम आईरहेको बस नवलपरासी पश्चिमको दाउन्नेमा दुर्घटनामा परि ज्यान गुमानेहरुप्रति श्रद्धाञ्जली र घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै रुकुम पश्चिममा क्रियाशिल ६ राजनैतिकता पार्टीले शोक वक्तव्य जारी गरेका छन् । बिज्ञप्तीमा दुर्घटनाको उचित छानबिन गरी दोषि उपर कारबाहिको माग समेत गरिएको छ ।

कोरोना महामारीको बेलामा क्षमता भन्दा बढी यात्रु राखेर चर्को भाडा असुलेको, सवारी नियमको उलंघन गर्दापनि सरोकारवाला निकायले बेवास्ता गरेको, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगरेर यात्रुहरु ओसारेको भन्दै दुर्घटनाको उचित छानबिन गरिनुपर्ने माग बिज्ञप्तीमा छ । सयुक्त शोक बक्तव्यमा मृतकका परिवारलाई उचित राहत र घाईतेहरुको निशुल्क उपचारको लागि समेत माग गरिएको छ ।

बुधबार प्रकाशित शोक बिज्ञप्तीमा नेकपा (एमाले)का टंक प्रसाद ओली, नेपाली काँग्रेसका प्रेम प्रकाश ओली, जनता समाजवादी पार्टीका प्रशाराम खत्री, राष्टिय जनमोर्चाका गिरीप्रसाद बुढा, नेपाल कम्युनिष्ट पार्टीका नरेन्द्र बि.क. र राष्टिय प्रजातन्त्र पार्टीका सुधिर बिक्रम शाहले सयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।

दुर्घटनामा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ६ कि २७ बर्षिया कल्पना पुन, मुसिकोट नगरपालिका १ का २१ बर्षिय गोपाल ओली, बाँफिकोट गाउँपालिका ५ कि देवी केसी र रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ का ३६ बर्षिय धनराज घर्तिको ज्यान गएको थियो । उक्त दुर्घटनामा परेर ४९ जना घाईते हुनुभएको छ । ना ५ ख २७१३ नम्बरको बस बुधबार बिहान करिब ६ बजे दुर्घटना भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार