एन प्याफ रुकुमद्धारा स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

एन प्याफ रुकुमद्धारा स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

मुसिकोट । नेपाल जनजागरण मञ्ज रुकुमले स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । युएमएनको सहयोगमा जनजागरण मञ्चले उक्त सामग्री शुक्रबार जिल्ला स्वास्थ्य सेवा कार्यालयका सल्लेमा पुगेर हस्तान्तरण गरिएको हो ।

कोरोना महामारी नियन्त्रण र उपचारमा सहयोग पुर्याउने उद्श्यले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरिएको नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयो । एन प्याफ रुकुमले कोरोना परिक्षणको लागि एन्टिजेन किट ७५ थान, सर्जिकल मास्क ५ सय थान, ह्यान्डसेनिटाईजर ५ ओटा, पिपिई सेट ग्रड बी को १२ ओटा सामग्री स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख बिष्णु बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै एन प्याफले रुकुम पुर्वमा पनि कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्दै आएको छ । आज रुकुम पुर्वमा तिन ओटै स्थानीय तहका लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु हतान्तरण गर्ने अध्यक्ष कुसारीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार