चौरजहारीमा थपिए ७५ थान अक्सिजन सिलिण्डर

चौरजहारीमा थपिए ७५ थान अक्सिजन सिलिण्डर

चौरजहारी । कोरोना संक्रमितहरुको उपचारको लागि अक्सिजन अभाव भईरहेको बेला रुकुम पश्चिमको चौरजहारीमा बुधबार बेलुका ७५ थान अक्सिजन सिलिण्डर आएका छन् । कोरोना उपचार केन्द्रका रुपमा रहेको चौरजहारी अस्पतालमा ७५ ओटा अक्सिजन सिलिण्डर आएको चौरजहारी अस्पतालका प्रमुख डिलबहादुर गिरीले बताउनुभयो ।

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको पहलमा ती अक्सिजन सिलिण्डर आईपुगेका हुन् । रुकुम पश्चिम सहित जाजरकोट, सल्यान र रुकुम पूर्वलाई लक्षित गरेर अक्सिजन सिलिण्डर पठाईएको पूर्व मन्त्री शर्माले बताउनुभएको छ । यसको उचित प्रयोग र आवश्कता अनुसार जाजरकोट, सल्यान र रुकुम पूर्वमा पठाउने गरि जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भनेकोे समेत नेता शर्माले जनाउनुभएको छ । उपलब्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमि हुन नदिने कुरामा हामी लागेको उहाँले उल्लेख गर्नुभएको छ ।

नेता शर्माले जिल्लामा अक्सिजन सिलिण्डर तथा अन्य स्वास्थ्य सामाग्री अभाव हुन नदिन अथक मेहेनत गर्दै आउनुभएकोछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार