त्रिवेणीको पूर्णगाउँमा चिस्यान केन्द्रको शिलान्यास

त्रिवेणीको पूर्णगाउँमा चिस्यान केन्द्रको शिलान्यास

मुसिकोट । किसानको सुविधाका लागि रुकुम पश्चिममा चिस्यान केन्द्र स्थापना हुने भएको छ। स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा जिल्लाको त्रिवेणी गाउँपालिकाले चिस्यान केन्द्रको निमार्ण कार्य सुरु गरेको हो ।

बुधबार गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्‍ट खड्काले एक कार्यक्रमका बिच उक्त चिस्यान केन्द्रको शिलान्यास गर्नुभएको छ ।
सुकिदह श्रम सहकारि मार्फत गाउँपालिकाको वड नं.३ को पूर्णगाउँमा १ सय ५० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र स्थापना कार्य सुरु भएको हो । कर्णाली प्रदेश कृषि मन्त्रालय र गाउँपालिकाको साझेदारिको रु.१ करोड २५ लाख बजेट काम सुरु गरिएको हो ।

चिस्यान केन्दमा किसानले उत्पादन गरेका, फलफुल, आलु, अदुवा किसानले भण्डारण गर्न सक्नेछन । किसानहरुले अफसिजनमा बजारमा लियर बिक्रि गर्ने र किसानलाई आत्मनिर्भर गराउने उद्धेश्यले चिस्यन केन्द्र बनाउन लागिएको उपाध्यक्ष बिष्टले जानकारी दिनुभएको छ ।

गाउँपालिकालाई कृषि र फलफूलमा व्यवसायी र आत्मनिर्भर बनाउन विभिन्न योजनाहरू सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार