जनगुनासो पश्चात त्रिवेणीका अस्पताल र मेडिकलमा अनुगमन

कोरोनासँग मिल्ने लक्षण भएका बिरामी अस्पताल पठाउन अनुरोध

जनगुनासो पश्चात त्रिवेणीका अस्पताल र मेडिकलमा अनुगमन

कोरोनासँग मिल्ने लक्षण भएका बिरामी अस्पताल पठाउन अनुरोध

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका क्षेत्रमा सञ्चालित निजी अस्पताल तथा मेडिकलहरूमा छड्के अनुगमन गरिएको छ। यस क्षेत्रका नीजि अस्पताल तथा मेडिकलहरूले कोभिड-१९ का लक्षण भएका बिरामीहरुलाई टाईफाईड लगायतको रोग भन्दै विभिन्न किसिमका एन्टीवायोटिक औषधीहरु सेवन गराईरहेको गुनासो आएपछि बुधबार छड्के अनुगमण गरिएको बताईएको छ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम, त्रिवेणी गाउँपालिका र जिल्ला अस्पताल सल्लेको टोलीले संयुक्त रुपमा गाउँपालिकाको वडा नं २ सिम्रुतु तथा वडा ३ र ६ को झुल्नेटा बजारमा रहेका एक वटा अस्पताल, २ वटा पोलिक्लिनिक र ३ वटा मेडिकलहरुको अनुगमण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार पुनले जानकारी दिनुभयो ।

अनुगमन गरिएका स्वास्थ्य संस्थाहरुले डाक्टरको सिफारिस बिना औषधि बिक्रि गरेको, मिति सकिएका औषधिहरु राखेको, स्तरीय ल्याब परिक्षण किट तथा मेसिन नभएको, ल्याब परिक्षण नै नगरी शुल्क लिने गरेको पाईएपछि अनुगमन टोलिले पहिलो पटक चेतावनी दिएर सुधारको लागि समय दिएको छ ।

यस्तै अनुगमनका क्रममा केहि स्वास्थ्य संस्थाहरु इजाजत नलिई सञ्चालन गरिएको पाइएको छ । त्यस्तालाई छिटो भन्दा छिटो सम्बन्धित निकायमा पुगेर इजाजत लिन निर्देशन दिएको छ ।

कोरोनासँग मिल्ने लक्षण भएका बिरामी अस्पताल पठाउन अनुरोध

यस्तै उपचारका लागि बिरामी आएपछि स्वास्थ्य जाँच गरेर मात्र औषधि दिन तथा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीलाई गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन तथा जिल्ला अस्पताल सल्लेमा पठाउन अनुरोध गरिएको छ । केही पालिका क्षेत्रका निजी अस्पताल र क्लिनिकमा कोभिड पेसेन्ट लामो समय होल्ड गर्ने र स्थिति नाजुक भएपछि मात्र जिल्ला अस्पताल र अन्य अस्पतालमा रिफर गर्दा बिरामी बचाउन नसकिरहेको, मनलाग्दी शुल्क लिने गरेको, दर्ता नविकरण नगरि संचालन गरेको जस्ता गुनासो आएपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले जानकारी दिनुभएको छ । उहाँका अनुसार क्रमशः अन्य पालिकामा पनि अनुगमन गरिने भएको छ ।

संयुक्त अनुगमन टोलीमा त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष निर्मला विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवा, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम डाक्टर राजकुमार भुजेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पुन, डाक्टर छवि नेपाली, फार्मेसी अधिकृत सुरज सुनार, बरिष्ठ ल्याब असिस्टेन्ट बिरेन्द्र खड्का , जनस्वास्थ्य अधिकृत कालि बहादुर ओली, गाउँपालिकाका सह स्वास्थ संयोजक बिर बहादुर डाँगी, ल्याब टेक्नेसियन भरत बिक्रम बुढाथोकी को सहभागीता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार