चैत्र २२ काठमाडौ
दाङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । दाङमा अहिलेसम्म १९ जनाको कोरोना परीक्षण गरिएको छ ।
पछिल्लो पटक कोरोना अस्पताल बेलझुण्डीबाट शुक्रबार पठाइएका तीन जनाको स्वाबको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभु आएको हो । शनिबार दिउँसो उनीहरुको परीक्षण रिपोर्ट आएको अस्पतालले जनाएको छ ।