प्रहरी कर्मचारीलाई मानव अधिकार अनुशिक्षण तालिम

प्रहरी कर्मचारीलाई मानव अधिकार अनुशिक्षण तालिम

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा १ दिने मानव अधिकार अनुशिक्षण तालिम सम्पन्न भएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालिम दिईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहिले बताउनुभयो ।

तालिममा २८ जना प्रहरी कर्मचारीहरु सहभागि भएको प्रहरी निरीक्षक शाहिले बताउनुभयो । तालिमको सहजिकरण जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठ, प्रहरी निरीक्षकद्वय डेकेन्द्र शर्मा र कपिल शाहिले गर्नुभएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अपराध अनुसन्धान शाखाको प्राप्त संचार आदेशानुसार तालिम संचालन गरिएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार