जन्मदिनको अवसरमा कारागारलाई फिल्टर सहयोग

जन्मदिनको अवसरमा कारागारलाई फिल्टर सहयोग

मुसिकोट । आफ्नो जन्मदिनकोे अवसरका बिद्यार्थी नेता तुल देवकोटाले जिल्ला कारागार रुकुम पश्चिमलाई पानी छान्ने फिल्टर सहयोग गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन (अनेरास्ववियू) रुकुम पश्चिमका सह–ईञ्चार्ज देवकोटाले आज परेको जन्मदिनको अवसरमा जिल्ला कारागार रुकुमलाई दुई ओटा पानी छान्ने फिल्टर सहयोग गर्नुभएको हो ।

जन्मदिनलाई भड्किलो र फजुल खर्च गरेर मनाउने कार्यलाई निरुत्साहित गरेर सामाजिक तथा मानविय कार्य गरेर मनाउलाई उहाँले कारागारमा रहेका कैदिहरुको लागि फिल्टर सहयोग गरेको बताउनुभयो । उहाँले जिल्ला कारागारका चौकिदार श्याम बुढालाई कारागार कार्यालयमा पुगेर फिल्टर सहयोग गर्नुभएको हो । बर्खा लागेसंगै कारागारमा दुषित पानी पिउनु पर्ने बाध्यता रहेकोले पानी छान्ने फिल्टर सहयोग गरिएको देवकोटाले जानकारी दिनुभयो ।

जन्मदिनमा गरिने खर्च कटाएर २१/२१ लिटरका २ ओटा फिल्टर सहयोग गर्नुभएको हो । अहिले कारागारमा ३ बालिबालिका सहित १३ जना महिला र १ सय ३० जना पुरुष गरि १ सय ४६ जना कैदीबन्दी रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार