खाद्यन्नको मुल्यमा दिईएको छुट आज देखि बन्द

छुट दिएकै कारण अरु दिन भन्दा ५ गुणा बढी बिक्रि

खाद्यन्नको मुल्यमा दिईएको छुट आज देखि बन्द

छुट दिएकै कारण अरु दिन भन्दा ५ गुणा बढी बिक्रि

मुसिकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुम पश्चिमले खाद्यन्नको मूल्यमा दिएको छुट आज मंगलबार देखि बन्द गरेको जनाएको छ । कोरोना महामारीको कारण स्थानीय प्रशासनबाट जारी भएको निषेधाज्ञाको बेला कम्पनिको रुकुम पश्चिम स्थित शाखा कार्यालयले बिक्रि गर्दै आएको चामलमा दिएको २० प्रतिशत रकम छुट बन्द गरेको जनाएको छ ।

गत जेठ २१ गते देखि असार ७ गते सम्ममा मात्र कम्पनिले छुटमा चामल दिएको कम्पनिका निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताउँनुभयो । उहाँका अनुसार यस अवधिमा छुट दिएकै कारण कम्पनिको चामल अरु दिन भन्दा ५ गुणा बढी बिक्रि भएको छ । निमित्त प्रमुख खड्काले प्रति क्विन्टल ६ हजार ४ सयमा दिदै आएको स्पिन जिरा मसिना र ४ हजार ८ सयमा बिक्रि हुँदै आएको सोना मन्सुरी चामलमा २० प्रतिशत रकम छुट गरेर बिक्रि गरेको जनाउँनुभयो ।

जेठ २१ गते देखि असार ७ गते सम्म छुटमा चामल दिदा १ सय ९० क्विन्टल चामल, ६ सय ६६ घरपरिवारलाई बिक्रि गरिएको खड्काले जानकारी दिनुभयो । केन्द्रिय कार्यालयको निर्देशन बमोजिम आज देखि चामलको मूल्यमा छुट नदिईएको उहाँले जनाउनुभयो । ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार