समाजसेवी गिरीको हृदयघातका कारण निधन

समाजसेवी गिरीको हृदयघातका कारण निधन

दाङ ।  समाजसेवी एबं नेपाली काँग्रेसका पुराना नेता प्रताप गिरीको हृदयघातका कारण ७६ वर्षको उमेरमा दुखद निधन भएको छ । दाङको तुलसीपुर उपमहानगरपालीका-११ स्थित आफ्नै निवासमा आक्समिक रुपमा हृदयघात भई स्वास्थ्यमा जटिल समस्या देखि पछि प्रादेशिक अस्पताल तुलसिपुरमा लगिएको थियो ।
अस्पताल भर्ना गरिएको केहि समयपछि निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय भारतिय सैनिक सेवामा कार्यरत भई अवकासपूर्ण जिवन पछि सक्रिय समाजसेवा लाग्नु भएका गिरी सामाजिक रुपमा प्ररणादायी ब्यक्तित्व हुनुहुन्थ्यो । दिगो सामाजिक विकासका लागि सक्रियताका साथ सकारात्मक कर्म गर्नु पर्नेमा युवाहरुलाई निर्देशित गर्ने उहाँ रुकुम तथा तुलसिपुरमा लोकप्रिय हुनुहुन्थ्यो ।
गिरीको दुखद निधन प्रति नेपाली काँग्रेस दाङले गहिरो दुख ब्यक्त गरेको छ । आइतबार उहाँको निवास जसपुरमा आयोजित श्रद्धान्जलि सभामा काँग्रेस नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागि रहेको थियो । काँग्रेस नेता बोधिलाल भण्डारी, चित्र ओली, धनवहादुर के.सी. लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन ।
पूख्यौली घर रुकुमको सानीभेरीबाट वि.स. २०५६ सालमा तुलसिपुर उपमहानगरपालीका-११ जसपुरमा बसाईसराई गर्नु भएका गिरीका एक श्रीमति, २ छोरा र २ छोरी हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार