‘काँग्रेस रुकुमको नेतृत्व सहमतीबाटै बनाउने कोशिसमा छौ’ – प्रेम प्रकाश ओली

जिल्लाका काँग्रेसको मनोभावना विपरित केन्द्रमा माओबादीसँग सहकार्य गर्ने गरेकोमा सभापतिको आपत्ति

‘काँग्रेस रुकुमको नेतृत्व सहमतीबाटै बनाउने कोशिसमा छौ’ – प्रेम प्रकाश ओली

जिल्लाका काँग्रेसको मनोभावना विपरित केन्द्रमा माओबादीसँग सहकार्य गर्ने गरेकोमा सभापतिको आपत्ति

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले वडा देखि पालिका हुँदै जिल्ला नेतृत्व सर्वसम्मत बनाउने अभ्यासमा रहेको बताउँनुभएको छ । अन्य जिल्लाहरु भन्दा रुकुममा काँग्रेसको इतिहास र वर्तमान अवस्था फरक रहेको बताउँदै सभापति ओलीले केन्द्रमा पार्टिले रुकुमका काँग्रेसको मनोभावना विपरित माओबादीसँग सहकार्य गर्ने गरेकोमा आपत्ति जनाउनु भयो ।

उजेली न्यूज डटकम सँग कुराकानी गर्नुहुँदै सभापति ओलीले नेपाली काँग्रेस अहिले १४ औ महाधिवेशनको संघारमा रहेको र वडा देखि पालिका र जिल्लाको अधिवेशन समेत तयारी भैरहेकोले रुकुम जिल्लाको पार्टि समिति पनि सातौ जिल्ला अधिवेशनको बिशेष तयारीमा जुटिरहेको बताउँनुभयो ।

आज मात्रै काँग्रेसका क्रियाशिल सदस्यहरुको नामावली टुंगाएको बताउँनु हुँदै उहाँले पार्टि संगठनलाई माथी उठाउन ठन्डा दिमागले सोच्ने काम भैरहेको उल्लेख गर्नुभयो । जिल्लाबाट ३ हजार २ सय ३५ जना नयाँ र १ हजार ९ सय ९५ जना पुराना गरेर ५ हजार २ सय ३० को क्रियाशिल सदस्यता सिफारिस गरिएको सभापति ओलीले बताउँनुभयो ।

जिल्ला पार्टि सभापतिमा फेरि तपाईकै इच्छा हो ? भनेर उजेली न्यूज डटकमले सोधेको प्रश्नमा सभापति ओलिले गम्भिर हुँदै भन्नुभयो, ‘तीन तहका निर्वाचनलाई फेस गर्ने परिस्थिति छ, केन्द्रले जिल्लाको भावना र पीडा बुझेको छैन, निर्वाचनमा तिनै माओबादीसँग समन्वय गर्नेगरी कुरा भैरहरेको अपुष्ट कुरा छ, हामी यहाँ माओवादीको दमन, दम्भ र निषेधको राजनीतिको सिकार भैराखेका छौ, सहमतीमै जिल्ला नेतृत्व बनाउँछौ ।’ उहाँले सबै पालिकाबाट सहमतिको प्रयास गरिने कुरालाई जोड दिनुभयो ।

अघिल्लो चुनावको समिक्षा कसरी गर्नुभयो भन्ने प्रश्नको जवाफमा ओलीले गत निर्वाचनमा कतिपय स्थानमा जितेको ठाउँमा पनि हारिएको कुरालाई नभुलेको र गहन समिक्षा गरेको उल्लेख गर्नुभयो । उहाँले अब वडा भेला गर्नुभन्दा पहिला साउनको पहिलो हप्ता जिल्ला भेला गर्ने र त्यहि भित्र व्यापक छलफल गरेर केन्द्रिय नेतृत्वको ध्यानाकर्षण गराउँने उहाँले बताउँनुभयो ।

जिल्लामा माओवादीको एकल राज बारे केन्द्रमा गम्भिर तरिकाले शेयर भएकोले केन्द्रमा बोलाएर छलफल गर्ने जवाफ आएको उहाँले बताउँनुभयो ।

उजेलीसँग कुराकानीको क्रममा सभापति ओली

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार