रुकुम पूर्वमा २५ गतेसम्म थपियो निषेधाज्ञा

रुकुम पूर्वमा २५ गतेसम्म थपियो निषेधाज्ञा

रुकुमकोट । रुकुम पूर्वमा असार २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । केही परिमार्जनसहित जिल्ला कोभिड १९, व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले असार २५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा लाई केही खुकुलो पनि पारीएको छ ।

शुक्रबारदेखि जिल्लाभित्र सार्वजनिक यातायात चलेका छन् । सवारी साधन भित्र रहेका सिट क्षमताको आधा यात्रु बोक्ने र स्वास्थ्य सुरक्षामा सम्पूर्ण मापदण्ड पालना गरेर सार्वजनिक यातायातका साधन चलाइएको हो ।

जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु, संचालनमा पनि पूर्ण रुपमा रोक लगाइएको रेष्टुरेन्ट र बार बाहेक चिया, खाजा पसल दिउँसो २ बजे सम्म सञ्चालन गर्न दिइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार