संकटको समयमा विपन्न परिवारलाई सहयोग

संकटको समयमा विपन्न परिवारलाई सहयोग

मुसिकोट । ‘श्रीमान बितेको धेरै वर्ष भयो । दुई छोरी पालेर बसेकी छु । कोरोनाले मजदुरी गर्ने सबै बन्द भै गयो । भान्सामा आगो किन बाल्ने भन्ने समय भाथ्यो ।’ राहत लिन गाउँपालिका झरेकि रुकुम त्रिबेणी गाउँपालिका ३ खाराकी दिपा कामीले भनिन् ‘दुखको बेला आफुलाई कोराना लाग्यो । मस्तै दिन बिरामीले सुते । काम गरेर कमाउन पनि सकेन । वडा अध्यक्षले ओरेकले दिने राहतमा मेरो पनि नाम राख्नु भएछ । अब केहिदिन सजिलो हुने भो । लकडाउन खुल्यो भने त मजदुरी गरेर घर चलाउन सक्छु ।’

महिला पुर्नस्थापना केन्द्र ओरेक नेपालको सहयोग र स्थानीय तह संगको समन्वमा रुकुम जिल्लाका द्धन्द्ध प्रभावित, सुत्केरी, गर्भबती, अपाङ्गता भएका, अतिबिपन्न, कोरोना संक्रमित, एकल महिला लगायत ३ सय परिवारको लागि राहत बितरण गरिएको छ । ओरेकको कार्यक्षेत्र मुसिकोट नगरपालिका वर्डा न. ८, त्रिबेणी गाउँपालिका वडा न. ३, ४, ५ र बाफिकोट गाउँपालिका १, २ वडामा राहत बितरण गरिएको थियो । स्थानियका अनुसार यो राहतले बिपन्नलाई राहत मिलेको छ ।

बाफिकोट १, लागिमका द्धन्द्ध प्रभाबित गिता बिकले यो बिचमा कसैले कुनै सहयोग नगरेको बताईन । खाद्य सामाग्री पाए पछि दङ्ग परेकी उनी निभेको चुलो बल्नेमा खुसी देखिन्थिन । ‘बन्दा बन्दीका कारण मजदुर गर्न नपाउदा खाने बस्तु सकिएको थियो । आज गएर घरका सबैलाई पेटभरी खान्छु र खुवाउछु ।’ उनि जस्तै मुसिकोट ८, घोरखानीका बिपन्न परिवारकि सरिता सुनार लकडाउनले पीडा दिएको बताउदै दीर्घकालिन जिबिकोपार्जनमा सहयोग भईदिए अझै राम्रो हुने बताउँछिन् ।

राहत वितरणमा घोरखानि पुगेका मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमले विपन्नलाई सहयोग गरेकोमा ओरेकलाई धन्यबाद दिदै आफुहरुले दीर्घकालिन रुपमा समस्या समाधान गर्ने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता गरेका थिए । ‘पोहर त हामीले पनि राहत वितरण गरेका थियो तर यो पालि गर्न सकेका थिएनौ । अब तत्काल राहत भन्दा पनि दिगो  जीबिकोपार्जनका कार्यक्रम ल्याउने सोच बनाएका छौ ।’ नगरप्रमुख जस्तै राहत बितरणमा पुगेका अन्य वडाका जनप्रतिनिधिहरुले आफूहरुसंगको समन्वयमा वितरण गरिएको राहत न्यायोचित भएको बताउदै बिपन्नलाई दैनिकिमा केही  सहज हुने बताएका थिए ।

राहत सामग्रीमा चामल, दाल, चना, तेल, नुन, सेनेटरी प्याड, साबुन र सरफ लगायतका थिए । त्यसै गरि महिलाका लागि अत्याबस्यक सुरक्षित सामाग्री (डिग्नीटी किट) पनि वितरण गरिएको छ । जसमा म्याक्सी, पेटिकोट, भित्रि कपडा, टवेल, ब्रस, मन्जन, स्याम्फु, साबुन, सरफ, नङकट, लोसन, काईयो, टिका, रबर, झोला, टर्च लगायतका सामाग्री रहेको ओरेकले जनाएको छ ।

‘अति विपन्न समुदायका द्धन्द्ध प्रभाबित, सुत्केरी, गर्भवती, अपाङ्गता भएका, कोरोना संक्रमित, एकल महिला लगायतलाई स्थानिय तहको समन्वयमा राहत वितरण गरिएको हो । बिषेश गरि ज्याला मजदुरी गरेर दैनिकी चलाउनेहरुका लागि कोराना महामारीमा समस्या परेका कारण यो राहत लिएर गाउँ छिरेका हौ ।’ ओरेक रुकुमकी जिल्ला संयोजक दिपा धितालका अनुसार ‘कोरोना महामारीका कारण डर र त्रासले मनोसामाजिक समस्यामा परेका १ सय ३० जनालाई यो अवधिमा मनोविमर्श सेवा पनि प्रदान गरिएको छ ।’ उनका अनुसार कार्यक्षेत्र अन्र्तगतका स्वास्थ्य सस्थाहरुलाई स्वास्थ्य सामग्री पनि वितरण गरिएको थियो ।

कोरोना महामारीका समयमा बेरोजगारी बढे पछि घरमा चुलो बल्न छोडेका उनीहरुलाई ओरेकको यो सहयोगले सहज हुने स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । जनप्रतिनिधि समेतको उपस्थितिमा वितरण गरिएको राहतले विपन्न र समस्यामा परेकाहरुलाई दैनिक जीवनयापनमा केही सहजता हुने छ । नागरिकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार