मध्यपहाडि लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड अवरुद्ध

मध्यपहाडि लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड अवरुद्ध

मुसिकोट । अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडि लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड अवरुद्ध भएको छ । बुधबार बेलुका देखि निरन्तर परेको झरिको कारण आएको पहिरोले गर्दा मध्यपहाडि लोकमार्गको मुसिकोट–चौरजहारी सडकखण्ड र राप्ती राजमार्गको मुसिकोट–सल्यान सडकखण्ड अवरुद्ध बनेको बनेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक कपिलजंग शाहीका अनुसार मध्यपहाडि लोकमार्ग रुकुम पश्चिम खण्डको सानीभेरी गाउँपालिकाको सुलिहाले लगायत पुर्तिमकाँडा, गिठाकोट, मुसिकोट नगरपालिकाको छिवांग लगायतका स्थानमा पहिरो आएको छ । प्रहरी निरिक्षक शाहिले अहिले पनि पहिरो झरिरहेकोले सम्बन्धित पक्षले पहिरो पन्छाउने अवस्था नरहेको जनाउनुभयो ।

त्यसैगरी निरन्तरको झरीको कारण राप्ती राजमार्गको पितिवांग खोलामा आएको बाढीले धार परिवर्तन गरेर बाटो अवरुद्ध भएको छ भने सोहि स्थानको कालेखोलामा आएको पहिरो समेतको कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार