मुसिकोट । रुकुम पश्चिममा साउन १ गते सम्म निषेधाज्ञा थप गरिएको छ ।
बिहिवार बसेको जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले यस अघि असार २५ गते सम्म जारी गरेको निषेधाज्ञालाई साउन १ गते सम्म थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणदर कायमै रहेको र जोखिम बढ्न सक्ने भन्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनु भयो ।
यस अवधिमा पसल ब्यबसायहरु बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर संचालन गर्न पाईने बताईएको छ । यसका साथै यस अघि बन्द अवस्थामा रहेका होटेल, खाजा पसल, सैलुन, ब्युटिपार्लर पनि खुल्ने भएका छन । यसको लागि दैनिक निसंक्रमित भने गर्नुपर्नेछ ।



