साउन ३१ देखि कक्षा १२ को परीक्षा सुरु हुने

साउन ३१ देखि कक्षा १२ को परीक्षा सुरु हुने

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने भएको छ । आज बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभएको छ।

उहाँले परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने बताउनु भएको छ । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा आजै राखिने छ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार