दाजुभाई मिलेर मनकलाको हत्या

दाजुभाई मिलेर मनकलाको हत्या

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका- ४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकै घरका दुई दाजुभाईलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु मृतकका भतिजा हुन । उनिहरु सहोदर दाजुभाइ हुन ।

बिहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर त्रिवेणी गाउँपालिका-४ का १५ र ११ बर्षका दुईजना दाजुभाईलाई प्रहरीले सार्वजनिक गरेको हो ।

गत सोमबार राति मनकलाको त्रिवेणि गाउँपालिका-३ कुरल मा मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजि भएको र खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल शव भेटिएको थियो ।

बुधबार ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले आज दुई जनालाई हत्यामा संलग्न भएको बताएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा प्रतिवादीद्वयले धारिलो हतियार (खुर्पा) प्रहार गरी कर्तव्य ज्यान गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक ध्रुव कुमार श्रेष्ठले बताउनुभयो । उनीहरुले मनकलाको हत्या गरी मकै बारीमा फालेर मृतकको नाक, कानमा भएका सुनका गरगहना समेत लिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

उनीहरुका साथै १५ बर्षिय प्रतिवादीको घरबाट सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको टुक्की फुलि १ थान र हसिँया (खुर्पा) १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।  घटनाको थप अनुसन्धान भैरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार