स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ । शुक्रबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिनुभएको छ । उहाँका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।

‘स्मार्ट लकडाउनको अवधारणा पेश भएको छ र आजैदेखि छलफल सुरु भएको छ’ प्रवक्ता खतिवडाले भन्नुभयो, ‘यसबारे चाँडै बस्ने बैठकले टुंगो लगाउनेछ ।’ संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार