मुसिकोट । रुकुम पश्चिममा खाद्य किराना फलफुल तथा तरकारी व्यवसायी संघ गठन गरिएको छ । शनिबार रुकुम उद्योग बाणिज्य संघ रुकुम पश्चिमका संयोजक पहल बहादुर खड्काको अध्यक्षता एवं रुकुम उद्योग बाणिज्य संघका बिशिष्ठ सदस्य व्यवसायी मोहबिर खड्का लगायत व्यवसायीकहरुको उपस्थितिमा संघ गठन गरिएको हो ।
मुसिकोटका व्यवसायी रामलाल बोहराको संयोजकत्वमा ७ सदस्य खाद्य किराना फलफुल तथा तरकारी व्यवसायी संघको तदर्थ समिति गठन गरिएको रुकुम उद्योग बाणिज्य संघ रुकुम पश्चिमका संयोजक पहल बहादुर खड्काले जानकारी दिनुभएको छ ।
यस्तै भेलाले व्यवसायी संघको सदस्यहरुमा सुभाष ओली, सरिता ओली (बिष्ट), खिम बहादुर केसी, उमेन्द्र खत्री, डिगराज केसी, राम बहादुर कढायतलाई सर्वसम्वत चयन गरेको छ । नवगठित व्यवसायी संघका पदाधिकारिहरुले खाद्य किराना फलफुल तथा तरकारी व्यवसायीहरुको हक हितका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका छन । भेलाको संचालन व्यवसायी दिनेश खड्काले गर्नुभएको थियो ।
