कमलदह सरसफाईको दशौँ हप्ता (फोटो फिचर)

कमलदह सरसफाईको दशौँ हप्ता (फोटो फिचर)

रुकुमकोट । रुकुम पूर्वको कमलदह सरसफाईको साउन २३ गते शनिबार दशौँ हप्ता पुगेको छ । शनिबार रुकुम पूर्वको मुख्य पर्यटकिय क्षेत्रको रुपमा परिचित कमलदह क्षेत्र वरिपरि लगाइएका बिरुवाहरु गोडमेल, सरसफाई तथा नयाँ बिरुवा लगाइएको छ ।

कमलदह सफाई अभियानका अभियान्ता मदन शाहका अनुसार स्थानीय तिलक बीसी बाट प्राप्त भएक २ वटा बर र १ वटा पिपलका बिरुवा रोप्नुक़ा साथै यसघि रोपिएका विभिन्न बोटबिरुवा गोडमेल गर्नुका साथै मल राख्ने काम गरियो छ ।

शनिबारको अभियानमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव खगेन्द्रप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष राजेन्द्र कार्की र नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, नेपाल प्रहरी, शसस्त्र  प्रहरी लगायतको सहभागिता रहेको थियो ।

विभिन्न पेशा, व्यवसायमा आवद्ध व्यक्तिहरु स्वःतस्फूर्त कमलदहको सफाई तथा विरुवा रोपनमा जुटेका छन । कमल दहको सौन्दर्यता र शोभा बढाउन उक्त समुहले नौ साता अघिदेखि हरेक शनिबार कमलदह क्षेत्रमा सरसफाई गर्दै आएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार