कांग्रेसले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति

कांग्रेसले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति

काठमाडौँ । नेपाली कांग्रेसले जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

केन्द्रीय कार्यसमितिसँगको समन्वयमा केन्द्रीय निर्वाचन समितिले जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न समयसीमा निर्धारण गरेको हो।

निर्धारित कार्यतालिकाअनुसार हिमाली तथा पहाडी जिल्लाको अधिवेशन मंसिर २४ देखि २७ गतेभित्र सम्पन्न गर्ने उल्लेख छ।

यस्तै, बाँकी सबै जिल्लाको अधिवेशन पुस ४ र ५ गतेका लागि तय गरिएको छ।

सातवटै प्रदेशको प्रदेश अधिवेशन पुस १० देखि १८ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ।

केन्द्रीय निर्वाचन समितिले सम्बन्धित प्रदेश तथा जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूलाई सम्बन्धित तहका सभापतिसँग परामर्श गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न र अधिवेशन सम्पन्न गराउन अनुरोध गरेको छ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भई १५औँ केन्द्रीय महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भइसकेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार