सानीभेरीवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशत छुट

सानीभेरीवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशत छुट

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नागरिकले काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।

नेपाली कांग्रेस सानीभेरी गाउँ कार्यसमिति र काठमाडौं मेडिकल कलेज  (केएमसी)  बीच स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता भएपछि गाउँपालिकाका नागरिकले उक्त सुविधा पाउने भएका हुन् ।

काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा र नेपाली कांग्रेस सानीभेरी गाउँ कार्यसमितिका सभापति इन्द्रबहादुर खड्काबीच भएको सम्झौताअनुसार आजदेखि आगामी असार मसान्तसम्म गाउँपालिकाका १५ जना नागरिकले निःशुल्क उपचार सेवा पाउनेछन्।

त्यस्तै, सानीभेरी गाउँपालिकाका अन्य नागरिकले पनि स्वास्थ्य उपचारमा ५० प्रतिशत तथा २५ प्रतिशतसम्म विशेष छुट पाउने सम्झौतामा उल्लेख छ।

आर्थिक अवस्था कमजोर भएका तथा उपचारमा कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी सम्झौता गरिएको सभापति खड्काले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार