नेपाल टेलिकमले फेरि ल्यायाे एसईई अफर

नेपाल टेलिकमले फेरि ल्यायाे एसईई अफर

काठमाडौं । नेपाल टेलिकमले भर्खरै एसईई पास गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै एसईई अफर सार्वजनिक गरेको छ । कम्पनीले निःशुल्क डेटा, भ्वाइस र एसएमएस सहितको सुविधा सहितको आकर्षक अफर ल्याएको हो ।

कम्पनीका अनुसार यसका लागि निःशुल्क नयाँ सिमसँगै पुरानो सिममा समेत यो अफर उपलब्ध हुनेछ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी डेटा (कुल ३ जीबी), १० मिनेट कल (टेलिकम-टेलिकम कुरा गर्न कुल ३०० मिनेट) र १० एसएमएस (कुल ३०० एसएमएस) प्राप्त हुनेछ ।

यसका साथै विद्यार्थीहरूले ५० रुपैयाँ भन्दा माथिको प्रत्येक रिचार्जमा छ महिनासम्म बोनसको रुपमा ५०० एमबी डेटा, ५० मिनेट भ्वाइस कल र ५० एसएमएस उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस्तो बोनस तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । यो अफर सहितको नयाँ सिम लिनको लागि कक्षा १० को कुनै पनि मार्कशिट, फोटो र आफ्नो अथवा अभिभावकको परिचयपत्र लिई नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

त्यस बाहेक रजिष्ट्रेसनको लागि *१६००# डायल गरी प्राप्त निर्देशन पालना गर्नुपर्ने हुन्छ । एसईई अफर अन्तर्गत निःशुल्क रुपमा प्राप्त हुने सिम कार्डमा १० रुपैयाँ ब्यालेन्स, ६० एमबी डेटा र ४० मिनेट भ्वाइस कल (टेलिकम-टेलिकम) र २० एसएमएस (टेलिकम-टेलिकम) स्वत प्राप्त हुने टेलिकमले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार