७७ जिल्लामा मास्क अभियान चलाउन तरूण दलको निर्देशन

७७ जिल्लामा मास्क अभियान चलाउन तरूण दलको निर्देशन

काठमाडौँ । नेपाल तरूण दलले देशव्यापी रूपमा मास्क अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। पछिल्लो समय कोरोना संक्रमण फेरि वृद्धि भइरहेकोले अनिवार्य मास्क प्रयोग गर्न सचेतना अभियान सञ्चालन गर्न पनि तरूण दलले जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ।

तरूण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै मास्क प्रयोग गर्न अभियान चलाउन निर्देशन दिनुभएको हो। कोरोनाविरूद्ध खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउन पनि तरूण दलको आग्रह छ।

खोप केन्द्र पुग्न नसकेकाहरूलाई केन्द्रसम्म पुर्‍याउन युवालाई परिचालन गर्ने र खोप केन्द्रहरू थप व्यवस्थित बनाउन स्थानीय तहहरूसँग समन्वय गरी सहयोगीको भूमिका खेल्न तरूण दलको आग्रह छ।

मास्क, औषधि, सेनिटाइजर, खाद्यान्न, ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्न पनि तरूण दलको निर्देशन छ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार