काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० मा आवेदन खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित आईपीओ निष्कासन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
लघुवित्तले ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर ल्याएको हो । जस मध्ये कम्पनीले १९ हजार ६ सय ८८ कित्ता सेयर म्युचुअल फण्डलाई र ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीलाई छुट्याएरको छ । भने बाँकी रहेको ६ लाख ६८ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गर्नेछ । कम्पनीको आईपीओ आजबाट निष्कासन भई छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गते बन्द हुनेछ ।