युमेडिकाको औषधि तत्काल बिक्रि वितरण रोक्न औषधि विभागको निर्देशन

युमेडिकाको औषधि तत्काल बिक्रि वितरण रोक्न औषधि विभागको निर्देशन

भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाले औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि औषधि व्यवस्था विभागले तत्काल बिक्रि वितरणमा रोक लगाएको छ।

युमेडिकाले बाहिर युझोलिन–१००० नाम र भित्र फरक औषधि युरोक्झीम–७५० राखेर औषधिको बिक्रि वितरण भइरहेको पाइएपछि विभागले तत्काल बिक्रि वितरणमा रोक लगाएको हो।

विभागले एक सूचना जारी गरी औषधिमा लेबलिङ इरर रहेको भन्दै उक्त औषधिको बिक्रि वितरण तत्काल रोक्न तथा आपूर्तिकर्तालाई फिर्ता गर्न निर्देशन दिएको छ। बजारमा गलत औषधि गएको गुनासो आएपछि विभागले बजार अनुगमन गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार