सरकारद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

सरकारद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो ।

अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइएको  एक मन्त्रीले जानकारी दिए ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेको प्रधानमन्त्री निजी सचिव भानु देउवाले जानकारी दिनुभएको छ । मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार