प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा देउवा नियुक्त

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा देउवा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा भानु देउवालाई  नियुक्त गरेका छन् । नियुक्ति एक साता पहिले नै भएको भएपनि सामाजिक सञ्जालमा भर्खर मात्रै कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिन थालेका छन् ।

देउवा प्रधानमन्त्री भएदेखि नै भानुले नै सो जिम्मेवारी निभाउँदै आएका थिए । तर, औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् । आजदेखि उनी औपचारिक रुपमै प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव भएका छन् ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव कसलाई बनाउने भन्ने विषयमा देउवा र पत्नी आरजुबीच मनमुटाब भएको स्रोतको दाबी छ । यसले गर्दा औपचारिक नियुक्तिमा ढिलाइ भएको बताइएको छ ।

देउवानिकट स्रोतका अनुसार आरजु आफ्ना स्वकीय सचिव प्रकाश देउवालाई सो पदमा नियुक्त गर्न चाहन्थिन । तर, देउवाले त्यो मानेका थिएनन् । भानु प्रधानमन्त्री देउवाका भतिजा हुन् । उनी यसअघि देउवा प्रधानमन्त्री भएका वेला पनि स्वकीय सचिव थिए ।

यस्तै मन्त्रिपरिषदलाई पूर्णता दिन भने अझै केही समय लाग्ने बताइएको छ । प्रधानमन्त्रीका सल्लाहकारहरुको नियुक्ति भने मन्त्रिपरिषद विस्तारपछि मात्रै हुने जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार