कैलालीमा मिलको पट्टामा बेरिएर एक जनाको मृत्यु

कैलालीमा मिलको पट्टामा बेरिएर एक जनाको मृत्यु

चैत २६  कैलाली

कैलालीमा मिलको पट्टामा बेरिएर एक किशोरीको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिकास्थित कालुराम कठरीयाको मिलमा धान कुटाउन गएकी १५ वर्षीया निराशा चौधरीको पट्टामा बेरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनु भयो ।

पट्टामा बेरिएर गम्भीर घाइते चौधरीको उपचार गर्न लैजानेक्रममा मृत्यु भएको हो । मंगलबार बिहान पट्टामा बेरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार