रेडक्रस रुकुम द्धारा कैदीबन्दी र प्रहरीलाई सामाग्री हस्तान्तरण

रेडक्रस रुकुम द्धारा कैदीबन्दी र प्रहरीलाई सामाग्री हस्तान्तरण

चैत २६ रुकुम पश्चिम
नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै जिल्ला कारागारका रुकुमका कैदीबन्दी र जिल्ला प्रहरी कार्यालयलाई  सामाग्री बितरण गरेको छ ।  आज  रेडक्रस सोसाइटी रुकुम पश्चिमको कार्यालयमा एक समारोहका बिच सामाग्री  हस्तान्तरण गरिएको हो ।

 

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका कोषाध्यक्ष यज्ञ बहादुर केसीका अनुसार कैदीबन्दी र जिल्ला प्रहरीलाई लाई पाँच / पाँच वटा कम्बल, चालिस / चालिस वटा हात धुने साबुन र दुई / दुई वटा बाल्टिन दिएको हो । प्राथमिक उपचारको लागि चाहिने सामानहरु राखेको दुई वटा प्राथमिक उपचार बक्स पनि बितरण गरिएको छ ।  यस्तै जिल्ला प्रहरी कार्यालयलाई चार रोल डोरी उपलब्ध गराएको कोषाध्यक्ष केसीले बताउनु भयो ।

 

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिकी उप-प्रमुख इन्द्रा बिएम रेडक्रस सभापति रमा गौतम प्रहरी निरिक्षक कबिराज रोकाय लगायतको उपस्थिती रहेको थियो ।

यस्तै शाखाका अनुसार क्वारेन्टाइनका लागि रुकुम पश्चिमका तीन वटा नगरपालिका र तीन वटा गाउँपालिकालाई आवश्यक सामग्री बितरण गरिने भएता पनि ढुवानीको समस्याका कारण स्थानीय तह सम्म पु¥याउन सकिएको छैन । हामी सँग स्थानीय तहलाई दिनको लागि सबै सामग्रीहरु उपलब्ध छ तर लकडाउनको कारणले गाडी नपाएपछि सामान सबै ठाउँमा पु¥याउन नसकिएको कोषाध्यक्ष केसीले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार