नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको बाँफिकोट गाउँ समितिको बैठक सम्पन्न

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको बाँफिकोट गाउँ समितिको बैठक सम्पन्न

मुसिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाँफिकोट गाउँ समिति रुकुम पश्चिम को पहिलो बैठक सम्पन्न भएको छ। पार्टी गाउँ समिति सेक्रेटरी भक्त केसीको अध्यक्षतामा बसेको बैठकमा , पार्टी जिल्ला समिति सेक्रेटरी चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता तथा पार्टी सल्लाहकार समिति रुकुम (पश्चिम) का संयोजक सार्थक , पार्टी जिल्ला सचिवालय सदस्य तथा बाँफिकोट गाउँ समिति इन्चार्ज षड्कण , सचिवालय सदस्य भाष्कर मल्ल , सचिवालय सदस्य रुद्र गिरि ,जिल्ला सचिवालय सदस्य तथा तथा पार्टी कार्यालय सचिव प्रेम प्रशान्त बोहरा र जिल्ला समिति सदस्य शिवको बिशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

बैठकमा उपस्थित जिल्ला सेक्रेटरी चन्द्रले वर्तमान राष्ट्रिय तथा अन्तरास्ट्रिय परिस्थिति , संसदीय व्यवस्था भित्रको अन्तरविरोध , पछिल्लो विकसित राजनीतिक परिवेशमा पार्टीले लिएको पछिल्लो कार्यनीति संयुक्त प्रगतिशील वैकल्पिक सरकार , जनमतसंग्रह र बैज्ञानिक समाजवाद र विकसित राजनीतिक परिवेशमा नेताकार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने ऐतिहासिक कार्यभार र पार्टी जिल्ला समितिको तेस्रो पुर्ण बैठकले लिएका निर्णयहरूको ब्याख्या र दृढ कार्यान्वयनको निम्ति निर्देशन सहित बैठकलाई प्रशिक्षित तथा मार्गनिर्देशन गर्नुभएको बताइएको छ। बैठकले महत्वपूर्ण संगठानिक , राजनीतिक , उत्पादन , आर्थिक र जनसेवा सम्बन्धि महत्त्वपूर्ण निर्णयहरू लिइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार