२१ वर्षीया पूजा सबैभन्दा धेरै मतका साथ कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

२१ वर्षीया पूजा सबैभन्दा धेरै मतका साथ कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ की २१ वर्षीया पूजा फुयाँल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित हुनुभएको छ । वडा अधिवेशसनमा खसेको दुई सय ६३ मतमध्ये पूजाले सबैभन्दा धेरै अर्थात् दुई सय दुई मत प्राप्त गरेर निर्वाचित हुनुभएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

नौ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसङ्घ इकाइ सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा २०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित हुनुभएको थियो । पूजा अहिले नेविसङ्घ सोलुको कोषाध्यक्ष र जीपी कोइराला फाउन्डेशनको जिल्ला सहसचिव हुनुहुन्छ ।

लगातार पूर्णकालीन राजनीतिमा लागेकी पूजा यो पटक धेरै मत ल्याएर जित्दा निकै दङ्ग हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस् भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर उहाँहरूले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गर्नुभयो तर चुनावमा गएपछि मलाई ९० प्रतिशत क्रियाशील सदस्यले माया गरेर जिताउनु भयो ।’

पूजाका हजुरबुबा लीलाराज फुयाँल नेपाली कांग्रेसको तर्फबाट गाविस अध्यक्ष निर्वाचित हुनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार