मुसिकोटमा कांग्रेसका नवनिर्वाचित पदाधिकारीको सपथ तथा पदभार ग्रहण

मुसिकोटमा कांग्रेसका नवनिर्वाचित पदाधिकारीको सपथ तथा पदभार ग्रहण

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमको साँतौ जिल्ला अधिवेशन अन्तर्गतको मुसिकोट नगरपालिकाको दोस्रो नगर अधिबेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

यहि असोज ९ गते भएको निर्वाचनबाट निर्वाचित भएकाहरुले आज मुसिकोटमा एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका हुन । उनीहरुलाई निर्वाचन अधिकृत पूर्ण बहादुर खड्काले सपथ ग्रहण गराउँदै प्रमाणपत्र पनि प्रदान गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले  हार र जितको मानसिकता त्यागेर अब काँग्रेस एक ढिक्का बनाउन सबै लागि पर्ने आग्रह गर्नुभएको छ । उहाँले आफु भित्र भएका कमी कमजोरीलाई सुधार्दै सबैलाई समान ब्यबहार गर्दै कांग्रेसलाई बलियो बनाउन तर्फ लाग्न नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसका पूर्व सभापति मानबहादुर नेपाली, नेपाली काँग्रेस महासमिति सदस्य कृष्ण बहादुर रोकाय, पार्टि सचिब गोर्ख बहादुर खत्री, कोषाध्यक्ष मोहबिर खड्का, डा. नवराज गौतम, महेन्द्र केसीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई एवं सफलताको शुभकामना दिनुभएको छ ।

नेपाली काँग्रेस मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगर सभापति प्रेम बहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिब कालिबहादुर खड्काले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार