कांग्रेसको महाधिवेशन कार्यतालिकाबारे निर्वाचन समितिले पदाधिकारीसँग छलफल गर्ने

कांग्रेसको महाधिवेशन कार्यतालिकाबारे निर्वाचन समितिले पदाधिकारीसँग छलफल गर्ने

महाधिवेशनबारे कायम अन्यौलताबारे नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी नेतृत्वसँग छलफल गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘महाधिवेशन गराउने जिम्मेवारी निर्वाचन समितिको हो तर पार्टीको सहयोग नभई समितिले मात्रै सम्भव हुँदैन,’ समिति सदस्य तेज रावलले भने, ‘अधिवेशन प्रक्रिया कसरी अगाडि बढाउने भन्नेमा हामी पार्टी पदाधिकारीसँग भोलि छलफल गर्छौं ।’

मंसिर ९–१३ गतेका लागि तोकिएको कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार अधिवेशन हुन सकेको छैन । प्रदेश २ का आठ जिल्लासहित १३ जिल्लामा वडा अधिवेशन भएको छैन भने रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन ।

हिमाली २१ जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने कांग्रेसको निर्णय थियो, तर १३ जिल्लामा मात्रै अधिवेशन भएको छ । त्यस्तै अधिकांश जिल्लामा पालिका अधिवेशन मात्रै भएको छ । कार्यतालिका अनुसार अधिवेशन नभएपछि निर्वाचन समितिले पार्टीसँग छलफल गर्न लागेको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार