चौरजहारीमा काँग्रेसको कार्यदिशाबारे छलफल

नगर कार्य समितिको पहिलो बैठक सम्पन्न

चौरजहारीमा काँग्रेसको कार्यदिशाबारे छलफल

नगर कार्य समितिको पहिलो बैठक सम्पन्न

चौरजहारी । नेपाली काँग्रेसको चौरजहारी नगरपालिकाले नगर पार्टीको आगामी कार्यदिशा बारेमा छलफल गरेको छ । गत असोज ९ गतेका दिन निर्वाचित नगर कार्यसमितिको पहिलो बैठकसँगै पार्टीको कार्यदिशा बारेमा घनिभूत छलफल गरिएको नगर सभापति प्रेम बहादुर ओलीले बताउनुभयो ।

नगरमा नेपाली काँग्रेसको संठगन बलियो बनाउन, कार्यकर्ताहरु बिचमा काँग्रेसको नीति तथा कार्यक्रमहरु प्रष्ट्याउन, कार्यकर्ताहरुको आत्मबल बलियो बनाउन बैठकमा सहभागीहरुले महत्वपूर्ण सल्लाह तथा सुझाव दिनुभएको सभापति ओलीले बताउनुभयो ।

बैठकमा प्रत्येक वडामा कार्यालय स्थापना, टोल समिति गठन, नगर पार्टीको कार्यालय व्यबस्थापन, हरेक महिनामा घुम्ति बैठक लगायतका बिषयमा छलफल गरिएको छ । बैठकमा आगामी चुनावमा काँग्रेसको नेतृत्वमा स्थानीय सरकार बनाउन महत्वपूर्ण छलफल समेत भएको बताईएको छ ।

बैठकले नगर पदाधिकारीहरुलाई वडा कार्यसमितिलाई सक्रियता बनाउनको लागि जिम्मेवारी समेत तोकिएको छ । नगर कार्यसमतिको बैठकले पार्टीलाई कानूनी राय सल्लाहको लागि अधिवक्ता मनिषा भण्डारीलाई कानूनी सल्लाहकारको रुपमा मनोनित गर्ने निर्णय गरेको छ ।

नगर सचिव लक्ष्मण ओलीका अनुसार छलफलमा समाजमा हुने बिभिन्न खालका हिंसा, जातिय बिभेद, महिला हिंसा, जुवातास लगायतका कार्यहरु बिरुद्धमा नेपाली काँग्रेस सधै सचेतनामुलक ढंगले अगाडि बढ्ने र कार्यकर्तालाई उत्पादनमुखि तथा स्वनिर्भरमुखि व्यवसायमा जोड्न रणनीति निर्माण गर्ने निर्णय गरिएको छ ।

आगामी कार्यदिशाको छलफल तथा पहिलो बैठक कार्यक्रममा नेपाली काँग्रेसका नेता, नगर समितिका, वडा सभापति तथा सदस्यहरुको उल्लेख्य सहभागीता रहेको नगर सचिव लक्ष्मण ओलीले बताउनुभयो ।

गर सचिव लक्ष्मण ओलीले सत्तचालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस जनसम्पर्क विभागका केन्द्रीय सदस्य तिलक भण्डारी, खेलकुद विभागका सदस्य शिवलाल आचार्य, पार्टीको जिल्ला कार्यसमितिका पूर्व सचिव तथा महाधिवेशन प्रतिनिधि मनमोहन शाह, तरुण दलका जिल्ला अध्यक्ष लोकन्द्र केसी, नेताहरु बलबिर गोसाई, भद्रबहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार