जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
स्कटल्याण्डको ग्लास्गोमा आयोजित सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री देउवा आज बिहान काठमाडौं आइपुगेका हुन् । सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीसहित यही कात्तिक १२ गते बेलायत प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत सहभागी थिए ।