मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु, आठ जना घाइते

मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु, आठ जना घाइते

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । सुर्खेतबाट जाजरकोटको जुनीचाँदे गाँउपालिका तर्फ जाँदै गरेको बा.५ छ २५०१ नम्बरको मिनी ट्रक विहिवार राती जाजरकोटको छेडागाड नगरपालिका १ ध्यापुटाकुरामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि जाजरकोट जुनीचाँदे गाँउपालिका २ निवासी २६ बर्षका डिलबहादुर शाही र सोही ठाँउका १४ बर्षिय पारस सिंहको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाईत आठ मध्य सात जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । जुनीचाँदे ११ का नविन सिंह र जुनीचाँदे ९ का धनबहादुर शाही गंभिर घाइते छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए ।

दुर्घटना गएराती ११ बजे भएको थियो । रातीको समय भएको तत्काल उद्धार गर्न कठिन भएको थियो । बाटो अफ्ठयारो भएकोले मोडमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । गाडी करीव तीन सय मिटर तल खसेको थियो । गाडीमा खाद्यान्न लगायतको समान पनि थियो । लोड धेरै भएकोले पनि दुर्घटना भएको हो । चाडवाडको समयमा गाडी नपाएका कारण ति मानिसहरु मिनी ट्रकमा कोचिएर बसेका थिए । तिहार मनाउन घर जान थालेका उनीहरु दुघटनामा परेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार