सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

सल्यान । आईतबार बिहान पौने ११ बजे सल्यान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यानको जयत पानिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १० पुरुष र २ महिला रहेको प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोट गाउपालिका–५ खारखोलामा बस दुर्घटना भएको हो । ५ जनाको घटनास्थलमै र ३ जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । थप चार जनाको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो ।

घाइतेहरुको उद्धार गरेर सल्यानको श्रीनगर, जिल्ला अस्पताल सल्यान र दांगको तुलसीपुरमा उपचार भैरहेको जनाईएको छ । मृतक र घाईतेहरुको सनाखत भएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार