काँग्रेस रुकुम पश्चिमको प्रदेश अधिवेशन स्थगित

काँग्रेस रुकुम पश्चिमको प्रदेश अधिवेशन स्थगित

मुसिकोट । भोलि शुक्रबार हुने भनिएको नेपाली काँग्रेस रुकुम पश्चिमको प्रदेश अधिवेशन स्थगित भएको छ ।

शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित गर्नुपरेको नेपाली काँग्रेस रुकुम पश्चिमका पार्टि सचिव गोरख बहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार धार्मिक अवसरमा परापूर्व कालदेखि लाग्दै आएको महत्वपूर्ण स्थानीय पर्व समेत रहेकोले अधिवेशन स्थगित गरिएको हो । सचिव खत्रिले स्थगित भएको प्रदेश अधिवेशन मंसिर ५ गते गरिने सहमति भएको जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार मंसिर १६ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ । त्यस अगावै प्रदेशका १० ओटै जिल्लाका प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ ।

मंसिर ६ गतेका दिन नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अबिधेशनको सफलताको लागि जिल्लाका नेता तथा कार्यकर्ता क्रियाशिल रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार