अनेरास्ववियु रुकुम पश्चिमको अध्यक्षमा प्रकाश खड्का चयन

अनेरास्ववियु रुकुम पश्चिमको अध्यक्षमा प्रकाश खड्का चयन

मुसिकोट । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु रुकुम पश्चिमको जिल्ला अधिबेशन सम्पन्न भएको छ । शुक्रबार चौरजहारी नगरपालिकाको खोलागाँउमा सम्पन्न अनेरास्ववियु रुकुम पश्चिमको १६ औं जिल्ला अधिवेशनबाट प्रकाश खड्काको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि चयन गरिएको छ ।

यस्तै संगठनको उपाध्यक्षमा प्रतिमा बिक, सचिवमा खिमबहादुर ओली, उप-सचिवमा नरबहादुर खड्का, कमल मल्ल र रामबहादुर ओली र कोषाध्यक्षमा स्मारिका भण्डारी चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आथित्यतामा अनेरास्ववियु रुकुम पश्चिमको १६ औं जिल्ला अधिवेशन सम्पन्न गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार