माओवादी केन्द्र बाँफिकोट र आठबिसकोटको सम्मेलन सुरु

माओवादी केन्द्र बाँफिकोट र आठबिसकोटको सम्मेलन सुरु

मुसिकोट । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका दुई ओटा पालिकाहरुको सम्मेलन आज उद्घाटन भएको छ । जिल्लाकाे बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिको दोस्रो गाउँ तथा नगर सम्मेलन उद्घाटन भएको छ ।

आज बिहान बाँफिकोट र दिउसो आठबिसकोटको पालिका स्तरिय सम्मेलन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले उदघाटन गर्नुभयो ।

उद्घाटन सत्रमा बोल्नुहुँदै सरकारका अर्थमन्त्री समेत रहनु भएका शर्माले विगतको संघर्षबाट प्राप्त अधिकारको उपयोग जनताले गर्न पाउनुपर्ने बताउनुभयो । शर्माले श्रम, रोजगार र उत्पादनमा तथा समाजिक सास्कृतिक रुपान्तरणको अभियानमा लाग्नुपर्ने समेत बताउनुभयो ।

घर घरमा स्वरोजगारका र उत्पादनका कार्यहरु धमाधम सुरु भएकोले अब जनता आर्थिक रुपले समृद्ध हुनुपर्ने अर्थमन्त्री शर्माले उल्लेख गर्नुभयो ।

यस्तै शुक्रबार जिल्लाको त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकोको पालिका स्तरिय सम्मेलन अर्थमन्त्री शर्माले नै उद्घाटन गर्नुभएको थियो । मुसिकोटको दोश्रो सम्मेलन भने पार्टीका केन्द्रिय सदस्य बसन्त शर्माले उद्घाटन गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार