कर्णाली काँग्रेसको उपसभापतिमा तिलक भण्डारीको उम्मेदवारी

कर्णाली काँग्रेसको उपसभापतिमा तिलक भण्डारीको उम्मेदवारी

सुर्खेत । रुकुम पश्चिममा नेपाली कांग्रेसको राजनीतिलाई संक्रिय र क्रियाशिल बनाएका नेपाली कांग्रेसका निष्ठावान् नेता तिलकबहादुर भण्डारीले कर्णाली प्रदेशको उपसभापतिमा उम्मेदवारी दिनुभएको छ । शुक्रबार उहाँले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो।

भण्डारीले संस्थापनइतर समूहबाट उम्मेदवारी दिए पनि साझा उम्मेदवारीका रुपमा आफूलाई स्थापित गर्न खोजेको बताउनुभएको छ। पार्टीभित्रको गुटले कार्यकर्ता निरास हुने भन्दै उहाँले आफू साझा रुपमा उम्मेदवार भएको बताउनुभयो ।

माओवादीको बढी प्रभाव भएको जिल्लामा उहाँले दमन, हिंसा, अत्याचार सहँदै नेपाली कांग्रेसलाई संगठित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि अहोरात्र खटेका एक इमान्दार, कतृव्यनिष्ट र नैतिकवान् नेताका रुपमा परिचित हुनहुन्छ । कार्यकर्तालाई दुःखमा सहयोग गर्ने नेता भण्डारी कर्णालीका चर्चित नेता पनि हुनुहुन्छ ।

लामो समयदेखि नेपाली कांग्रेसको निष्ठावान् राजनीति गरेका उहाँलाई प्रदेश प्रतिनिधिले पनि औधी रुचाएका छन् । आएका अवसर पहिला अरुलाई अनि आफूलाई भन्ने स्वभावका नेता भण्डारीले प्रतिनिधिहरुकै आग्रहमा उपसभापतिमा उम्मेदवारी दिनुभएको हो । प्रतिनिधिका उम्मेदवार भएकाले आफूले जित्ने उहाँको दाबी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार