माओवादी केन्द्रका कार्यकर्ता काँग्रेसमा प्रवेश

माओवादी केन्द्रका कार्यकर्ता काँग्रेसमा प्रवेश

सुर्खेत । माओवादी केन्द्र रुकुम पश्चिमका एक कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ५ का प्रताप शाही आज काँग्रेसमा प्रवेश गर्नुभएको हो । माओवादी केन्द्रका संगठित सदस्य शाहीलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीमा प्रवेश गराउनुभएको हो ।

नेपाली काँग्रेसको प्रदेश अधिवेशन सुर्खेतमा भैरहेको मौकामा उहाँ जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीसँग भेटेर मुख्यमन्त्रीको हातबाट टिका तथा खादा लगाएर पार्टी प्रवेश गर्नुभएको हो । उहाँले आफ्नो लाईनमा रहेका अन्य युवाहरुको सल्लाह बमोजिक नेपाली काँग्रेसमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।

पार्टि प्रवेश कार्यक्रममा पूर्वराज्य मन्त्री गोपाल जि जंग शाह, नेपाली काङ्ग्रेस रुकुम पश्चिमका सभापती प्रेम प्रकाश ओली, पूर्व सभापति मानबहादुर नेपाली, नेताहरु कमल कुमार शाह, धिरेन्द्र बटला, तारक शाही, प्रेम बहादुर ओली, अमृत बोहरा, ललित शाही, रतन बहादुर बुढा लगायतको उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार