कांग्रेस सहमहामन्त्रीमा जीवन परियार विजयी

कांग्रेस सहमहामन्त्रीमा जीवन परियार विजयी

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणनामा शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई ३७ मतले पराजित गर्दै परियार विजयी भएका हुन् ।

जम्मा ४६४७ मत खसेकोमा परियारले २२१२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी विश्वकर्माले २१७५ मत ल्याए ।

कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो।

बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार