साथीलाई कुटपिट गरी भिरबाट खसालेपछी मृत्यु

साथीलाई कुटपिट गरी भिरबाट खसालेपछी मृत्यु

रुकुमकाेट । रुकुम पूर्वमा एक आपसमा झगडा हुँदा एक बालको ज्यान गएको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर १ लुकुममा साथी–साथी बीच एक आपसमा झगडा हुँदा एक बालकको ज्यान गएको हो । घटना सोमबारको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङगलमा गाई चराउन गएका साथीहरु बीच झगडा भएको थियो । ९ वर्षका एक बालकले ८ वर्षका बालकलाई कुटपिट गरी भिरबाट धकेलेका थिए । ९ वर्षीय बालकले कुटपिट गरी भिरबाट खसालेपछि ८ वर्षीय बालक गम्भिर घाइते भएका थिए ।

घाइते बालकलाई आफन्तले सोमबार साँझ रुकुम पूर्व अस्पतालमा ल्याएका थिए । गम्भिर घाइते बालकलाई साँझ ७ : ३० बजे रुकुम पूर्व अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै डाक्टरहरुले उनलाई मृत घोषणा गरेका हुन् ।

उनको टाउको, छाती र घाँटीमा गम्भिर चोट लागेको थियो । कुटपिट गरेर भिरबाट खसाल्ने ९ वर्षीय बालक र सँगै ग्वाला गएका अर्का ८ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार